नीति तथा कार्यक्रम : २ वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधान गरिने – Nepal Press

नीति तथा कार्यक्रम : २ वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधान गरिने

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या आगामी दुई वर्षमा समाधान गर्ने योजना अघि सारेको छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तकमैया, कमलरी, हरुवा चरुवाको पुन:स्थापनाका लागि उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् ।

यस्तै राष्ट्रिय निकुञ्ज क्षेत्रका विपन्न तथा असहायका लागि लक्षित कार्यक्रम सञ्चालनमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर