कर प्रणाली परिवर्तनको घोषणा, विकाससम्बन्धी छुट्टै कानून बनाइने – Nepal Press
सरकारको नीति तथा कार्यक्रम

कर प्रणाली परिवर्तनको घोषणा, विकाससम्बन्धी छुट्टै कानून बनाइने

काठमाडौं । सरकारको कर प्रणाली परिवर्तन गर्ने भएको छ ।

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताएकी हुन् ।

पुँजीगत खर्च वृद्धि र विकास निर्माण आयोजनालाई प्रभावकारी बनाउँन विकाससम्बन्धी छुट्टै कानून पनि बनाउने घोषणा गरिएको छ ।

त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउँदै स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तारका लागि सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर