मतगणना नसकिँदै काठमाडौंमा बालेन विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् ।
प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।
काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ४० प्रतिशत भोट ल्याइरहेका छन् ।
बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् ।
अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् ।
अब मेयर भएर बेलैमा राम्रो काम गरेको भए पो ठुला राजनैतिक दलका प्रतिस्पर्धीले इतिहास रच्दै अघि बढ्थे। काम जति माम मा हाम गरेका छन- मोनोरेल ल्याउँछु, मेलम्ची ल्याउछु भन्नलाई भन्ने, झाट। मुखले विकास गरेर नहुनी, कामैले गर्नु पर्यो बिकास त है। # Me Too# फस्नमा interest छ, विकाशमा छैन यत्रो!