नीति तथा कार्यक्रम सतही भएको एमालेको निष्कर्ष, चिरफार गर्न सांसदलाई निर्देशन (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रम सतही भएको एमालेको निष्कर्ष, चिरफार गर्न सांसदलाई निर्देशन (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले सदनमा पेस गरेको नीति कार्यक्रम सतही भएको भन्दै तर्कयुक्त तरिकाले चिरफार गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यक्रम अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने भन्दा पनि सतही मात्र भएको भन्दै व्यवस्थित, तरिकाले नीति तथा कार्यक्रमको चिरफार गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।

ओलीले सरकारको कार्यक्रम नीतिमा आधारित भन्दा पनि कार्यक्रममा आधारितजस्तो देखिएको बताएको बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठूलो घेराबन्दीका बीच आएको परिणाम सन्तोषजनक भएपनि थप संगठितत भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

ओलीले निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएकाले निहीन ढंगले समीक्षा गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

त्यस्तै बैठकपछि एमाले नेता भीम रावलले सरकारको नीति कार्यक्रममा राखिएका संविधान र राष्ट्रिय हितविपरीतका कुराको प्रतिवाद गर्नुपर्नेमा ओलीले जोड दिएको बताए ।

सरकारले हिजो सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भोलिबाट छलफल हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर