नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी- भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने खुलेआम घोषणा (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी- भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने खुलेआम घोषणा (भिडिओ)

‘चास्नीमा नडुबाएको जेरीजस्तो नीति कार्यक्रम’

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको पुलिन्दा मात्रै भएको बताएका छन् । नीति तथा कार्यक्रमलाई उनले ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञासमेत दिए ।

आजको संसद बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रमबारे टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूसमेत उल्लेख गरेर आलोचना गरेका थिए ।

‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’ ओलीले दाबी गरे, ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ ।’

उनले यो सरकारसँग आफ्नो कुनै नीति नरहेको टिप्पणी गरे ।

उनले भने, ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो छ । राम्रा शब्दहरु खोजीखोजी राखिएको छ तर अर्थ खुल्दैन । यसको प्रस्थानबिन्दु नै स्पष्ट छैन । गुजुल्टिँदै गुजुल्टिँदै कहाँ जान्छ कहाँ ।’

उनले नीति तथा कार्यक्रम नै अस्थिरताको घोषणापत्रका रूपमा आएको बताए । गठबन्धन सरकारको आफ्नो होइन कुनै प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो भएको पनि उनको टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर