इटहरीका बलात्कारआरोपी प्रिन्सिपल पक्राउ
काठमाडौं । इटहरीमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।
इटहरी- ५ स्थित सिमरबना चोकमा रहेको ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका- १३ स्थित एक गेस्ट हाउसमा पुर्याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।
टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ ।
(इटहरी हुनुपर्नेमा असावधानिवस यसअघि धरान भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।)