साझा घरलाई मुख्यमन्त्री शाहीद्वारा खाद्यान्न हस्तान्तरण – Nepal Press

साझा घरलाई मुख्यमन्त्री शाहीद्वारा खाद्यान्न हस्तान्तरण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले साझा घर नेपाल सुर्खेतमा आश्रित बालबालिकाको लागि ७० हजार रुपैयाँभन्दा बढीको खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।

१५ औं गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री शाहीले आइतबार मानिसको जीवनमा अत्यावश्यक वस्तुमध्ये पहिलो खाद्यान्न रहेको भन्दै बालबालिकाको खाद्य अधिकार प्रत्याभूत गर्न प्रदेश सरकारले खाद्यान्न सहयोग गरेको बताए ।

‘मानिस शिक्षित भएरमात्र नहुने भन्दै बाल संरक्षणका लागि खोलिएका बालगृहरुले असल संस्कार सिकाउनुपर्छ’, उनले भने, ‘बालबालिकाको स्वास्थ्य, शिक्षा, खाद्यान्न व्यवस्थापनमा प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैनौं ।’

उनले स्वास्थ्य उपचारका लागि प्रदेश अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएकाले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अनुरोधसमेत गरे ।

साझा घरमा आमाबुबा गुमाएका बेसहारा र सडक बालबालिकालाई संरक्षण गरिँदै आएको छ । हाल साझा घरमा करिब ५४ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर