उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट, घाटामा गएका उद्योगले ऋण पाउने – Nepal Press

उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट, घाटामा गएका उद्योगले ऋण पाउने

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि उक्त बजेट विनियोजन भएको जानकारी दिएका हुन् ।

बजेटमार्फत सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी २ करोड रुपैयाँ कायम गरिएको छ । उत्पादनमूलक र निर्यातजन्य उद्योगमा वैदेशिक लगानी र गैरआवासीय नेपालीको लगानी भित्र्याइने अर्थमन्त्री शर्माले बताए ।

उनले औद्योगिक पूर्वाधार तयार गर्न ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने र मासिक १० करोड विद्युत खपत गर्ने उद्योगलाई २ देखि १० प्रतिशतसम्म सहुलियत दिइने उनले बताए ।

अर्थमन्त्री शर्माले एलपी ग्यासमा दिएको अनुदान पुनरावलोकन गरिने र चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने जानकारी दिए । उद्योगले हदबन्दीभन्दा बढी जग्गा धितो राखी कर्जा लिन पाउने व्यवस्था गर्ने पनि बजेट बक्तव्यमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *