थप १ सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम विस्तार
नेपाल प्रेस
२०७९ जेठ १५ गते १७:१९
काठमाडौं । सरकारले थप १ सय सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम विस्तार गर्ने भएको छ ।
हाल १ सय ४० विद्यालयमा सञ्चालित सो कार्यक्रम थप १ सय विद्यालयमा विस्तार गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत गरेका हुन् ।
बजेटले दिवा खाजा कार्यक्रम ६ कक्षासम्म विस्तार गरेको छ । क्रमशः आठ कक्षासम्म दिवा खाजा कार्यक्रम विस्तार गर्ने लक्ष्य बजेटमा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर