सरकारले घटायो वृद्धभत्ताको उमेर, अब ६८ वर्ष पुगेकाले पाउने (भिडिओ) – Nepal Press

सरकारले घटायो वृद्धभत्ताको उमेर, अब ६८ वर्ष पुगेकाले पाउने (भिडिओ)

रकम भने यथावत्

काठमाडौं । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए ।

यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । यसले लाभग्राहीको संख्या ह्वात्तै बढेर राष्ट्रिय ढुकुटीमा दबाब पर्ने अर्थशास्त्रीहरुले बताइरहेका छन् । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।

कतिपय स्थानीय तहले यसमा थपेर पनि दिने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने अर्थमन्त्री शर्माले बताए ।

भत्ता रकम भने बढाइएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर