‘एलपी ग्यास छोडौं, विद्युत जोडौं’ अभियान, सिंहदरबार क्षेत्र सिलिण्डरमुक्त गरिने – Nepal Press

‘एलपी ग्यास छोडौं, विद्युत जोडौं’ अभियान, सिंहदरबार क्षेत्र सिलिण्डरमुक्त गरिने

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट सिंहदरबार परिसर ग्यास सिलिण्डरमुक्त बनाउने भएको छ ।

संघीय संसदको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय प्रयोगमा जोड दिँदै यस्तो योजना सुनाए ।

सिंहदरबार परिसरमा रहेका ग्याउ सिलिण्डर विस्थापित गरी विद्युतीय चुलोमा जोड दिइएको छ ।

अर्थमन्त्री शर्माले ‘एलपी ग्यास छोडौं, विद्युत जोडौं’ अभियान सञ्चालन गर्ने बताए । ग्यासमा सरकारले दिएको अनुदान विस्तारै कम गर्ने बजेटमा उल्लेख छ ।

वैदेशिक व्यापार घाटा कम गर्न सरकारले ग्यासको ठाउँमा विद्युत प्रयोगलाई प्रोत्सान गर्न लागिएको शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर