राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने – Nepal Press

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

‘साइबर सुरक्षाको सुनिश्चितता, २१ औं शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए ।

उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन र डिजिटल फरेन्सिक अनुसन्धान सम्बन्धी अधिकार प्राप्त निकायको रुपमा विकास गरिने अर्थमन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्रीले इन्टरनेट शुल्क घटाएर यसलाई सर्वसुलभ बनाउने पनि बताएका छन् । नेपाल सरकारद्वारा विद्युतीय प्रणालीको साइबर सुरक्षा परीक्षण गर्ने व्यवस्था मिलाइने पनि उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर