बजेट मध्यमस्तरको मात्रै- डा. बाबुराम भट्टराई – Nepal Press

बजेट मध्यमस्तरको मात्रै- डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धन सरकारले ल्याएको बजेट मध्यमस्तरको भएको टिप्पणी गरेका छन् ।

गठबन्धन सरकारले ल्याएको बजेटले ‘पास मार्क’ पाए पनि आर्थिक विकासका लागि प्रस्थानविन्दु बन्न भने नसकेको भट्टराईले बताए ।

केही सकारात्मक कार्यक्रम भए पनि वैज्ञानिक भूमिसुधारको कार्यक्रम ल्याउन नसकेको उनले बताए ।

‘देशभित्र र बाहिरको लगानी आकर्षित गर्ने गुणात्मक कार्यक्रम आउन सकेन । यत्तिले मात्रै हाम्रो उत्पादन बढ्ने र व्यापार घाटा घट्ने उद्देश्य हासिल हुँदैन’, भट्टराईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर