बजेट विश्वसनीय छैन, कार्यान्वयन गर्न आएकै होइन : सांसद अधिकारी – Nepal Press

बजेट विश्वसनीय छैन, कार्यान्वयन गर्न आएकै होइन : सांसद अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले गठबन्धन सरकारले कार्यान्वयन गर्न बजेट नल्याएको टिप्पणी गरेका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको बताए ।

‘बजेटमा कुनै विश्वसनीयता छैन । यो कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । यसले आर्थिक संकट समाधान गर्नेबारे सम्बोधन गर्न सकेन’, उनले भने ।

विगतमा एमालेलाई कनिका छर्ने बजेट ल्याएको आरोप लगाउने दलहरुले नै वितरणमुखी बजेट ल्याएको अधिकारीको भनाई छ । उनले विकास परियोजना र आर्थिक सुशासनका सन्दर्भमा बजेट निरासाजनक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर