बजेटबाट उद्योगी-व्यवसायी खुशी, निजी क्षेत्रको हित गर्ने दावी – Nepal Press

बजेटबाट उद्योगी-व्यवसायी खुशी, निजी क्षेत्रको हित गर्ने दावी

काठमाडौं । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट निजीक्षेत्र मैत्री भएको उद्योगी–व्यवसायीले बताएका छन् । बजेटमा निजी क्षेत्रलाई विभिन्न छुट तथा सहुलियतहरुको व्यवस्था गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्नेलाई ५० वर्षका लागि जग्गा व्यवस्था गरिने बताएका छन् । बन्द भएर बसेका उद्योगलाई सहुलियत दरमा व्याज र सञ्चालन गर्ने नसके खारेजिको पनि व्यवस्था यो बजेटले गरेको छ ।

नेपालमा उत्पादन भएर विदेश निर्यात हुने बस्तुमा ८ प्रतिशत अनुदान दिने भनिएको छ । सरकारले उद्योगधन्दालाई विद्युत खपतमा सहुलियतसमेत दिएको छ । १० करोडभन्दा धेरै विद्युतमा खपत गर्ने उद्योगले २ देखि १५ प्रतिशत छुटको व्यवस्था गरेको हो । नेपालमा विदेशबाट पाटपुर्जा ल्याएर विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई समेत आयकरमा समेत छुट गरको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले औद्योगीकरणलाई केन्द्रमा राखेर बजेट आएको बताए ।

उनले भने, ‘जग्गाको हदबन्दी हटेको छ । बैदेशिक लगानीकोे सीमा पनि घटेको छ । नेपालमा उद्योग स्थापनाको लागि विभिन्न कर छुट दिइएको छ, यो राम्रो कुरा हो । नेपालमा नै उत्पादन भएको विजुली प्रयोग गर्न जोड दिने उद्देश्यले ग्यासमा दिएको अनुदान विस्तारै हटाउने कुरा पनि उल्लेख भएको छ ।’

बजेट कार्यन्वयन हुन सेकमा राम्रो भएको उनले प्रतिक्रिया दिए ।

नेपाल उद्योग वाणिज्य महासंकी पुर्वअध्यक्ष भवानी राणाले जग्गाको हदबन्दी घटाएको र विदेशीले पनि अपाटमेन्ट किन्न पाउने व्यवस्था राम्रो रहेको बताइन् ।

उनले भनिन्, ‘तर पर्यटनको क्षेत्रमा व्यवसायीले भनेको जस्तो भएन । औद्योगीक क्षेत्रका लागि समग्रमा बजेट राम्रो छ । अब कसरी कार्यन्वयन हुन्छ । त्यसमा भर पर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइले सुन्दा बजेट राम्रो आएको प्रतिक्रिया दिए ।

उनले भने, ‘नेपालले कसरी आफ्नो उत्पादन वृद्धि गर्ने भरेर बजेट ल्याएको छ । विदेश बस्तु निर्यात गर्दा दिइने अनुदानका कुरा पनि समेटिएको छ । कच्चा पदार्थको आयातमा पनि भन्सार कम गर्ने कुरा उल्लेख भएको छ ।’

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले पनि बजेट राम्रो आएको बताए । उनले भने सरकारले कृषिलाई कसरी माथि उठाउने भनेर ध्यान दिएको छ ।

उनले भने, ‘आयात निर्यातलाई व्यवस्था गरेर अगाडि जाने कुरा गरेको छ । कृषिकलाई पेन्सन दिने व्यवस्था राम्रो छ । यसले उत्पादन वृद्धि गर्छ । आत्मनिर्भर बनाउने बाटोमा हिँडेको छ । बजेटको आकार भने केही ठूलो छ ।’
निजी क्षत्रले बजेट सुझावमा दिएको धेरै कुरा समेटिएको निजी क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर