बालेन र सुनिताले सपथ खाँदै, आजै पदभार सम्हाल्ने
नेपाल प्रेस
२०७९ जेठ १६ गते ७:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको आज सपथग्रहण हुँदैछ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि अर्थात् आज उनीहरुको सपथग्रहण हुन लागेको हो ।
सपथग्रहण कार्यक्रम बिहान ११ बजे राष्ट्रिय सभागृहमा राखिएको छ । सपथग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् ।
मेयर बालेन र उपमेयर सुनितासँगै नवचिर्वाचित काठमाडौंका सबै जनप्रतिनिधिले सपथग्रहणसँगै पदभार सम्हाल्दै छन् ।
उनीहरुको कार्यकाल पाँच वर्षको हुनेछ ।
बालेन स्वतन्त्रबाट काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् भने सुनिता नेकपा एमालेकी तर्फबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर