प्रदर्शनकारीमाथिको दमनबारे श्रीलंकाका पूर्वप्रधानमन्त्रीलाई सोधपुछ गरिने
कोलम्बो । श्रीलङ्काको मानव अधिकार आयोग (एचआरसीएसएल) ले मे ९ मा कोलम्बोको ग्याले फेस एण्ड टेम्पल ट्रीमा प्रदर्शनकारीहरूमाथि भएको दमन र त्यसपछिका अशान्तिका बारेमा सोधपुछ गर्न पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षलाई आयोगमा उपस्थित गराउने निर्णय गरेको छ ।
पूर्वमन्त्रीहरू नमल राजपाक्ष, रोहिता आबेगुनवर्टेना, जोन्सटन फर्नान्डो र क्याबिनेट मन्त्री रमेश पथरानालगायतका अधिकारीलाई पनि आगामी बुधबार आयोगमा उपस्थित गराउने निर्णय भएको एचआरसीएसएललाई उद्धृत गर्दै कोलम्बो पेजले उल्लेख गरेको छ ।
कोलम्बो पेजका अनुसार मानव अधिकार आयोगले पश्चिमी प्रदेश देशाबन्दु टेनाकुनको जिम्मामा रहेका प्रहरी महानिरीक्षक र वरिष्ठ प्रहरी नायब महानिरीक्षकलाई पनि आगामी बिहीबार आयोगसमक्ष बोलाइने भएको छ ।
यसअघि मे ९ मा ग्याले फेसस्थित गोटा गो गामा र टेम्पल ट्री को अगाडी रहेको मैना गो गामामा शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेका समय महिन्दा राजापाक्ष प्रशासनले दमन गरेको थियो ।
दिनअघि कोलम्बोको ग्याले फेस ग्रीनमा राष्ट्रपति सचिवालयअगाडि भएको लगातारको विरोध प्रदर्शनले ५० औं दिन पार गरिसकेको छ ।
राष्ट्रपति गोटबाय राजपाक्षको राजीनामा माग गर्दै अप्रिल ९ देखि विरोध प्रदर्शन सुरु भएको थियो । यस द्वीप राष्ट्रले श्रीलंकाका प्रधानमन्त्रीको निवास नजिकै सरकार समर्थक समूह र सरकार विरोधी प्रदर्शनकारीहरूबीच भएको झडपपछि धेरै सांसद्का घरहरू जलाउने लगायत काण्डका शृङ्खलाबद्ध हिंसात्मक घटनाहरू पनि भएका छन् ।
हाल श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । श्रीलङ्काको स्वतन्त्रतादेखि पहिलो पटक यहाँ खाद्यान्न, इन्धनको चरम अभाव र बढ्दो मूल्य र विद्युत् कटौतीले ठूलो संख्यामा नागरिकहरू प्रभावित भइरहेको छन् ।