उपमेयरको सपथग्रहणः बालेनले नेपालीमा पढे, सुनिताले नेपाल भाषामा (भिडिओ) – Nepal Press

उपमेयरको सपथग्रहणः बालेनले नेपालीमा पढे, सुनिताले नेपाल भाषामा (भिडिओ)

काठमाडौं । काठमाडौंकी उपमेयर सुनिता डंगोलले नेपाल भाषामा सपथग्रहण गरेकी छन् । राष्ट्रिय सभागृहमा उनले मेयर बालेन्द्र साहबाट उनले सपथग्रहण गरेकी हुन् ।

मेयर साहले सपथको व्यहोरा नेपालीमा पढेका थिए भने त्यसलाई सुनिताले नेपालभाषामा उल्था गरेर वाचन गरेकी थिइन् । यसअघि मेयर बालेन्द्रले नेपाली र नेपाल भाषा दुवैमा सपथ खाएका थिए ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृतले उनलाई नेपालीमा सपथ गराएका थिए भने पछि बालेन्द्र आफैंले त्यसलाई नेवारीमा वाचन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर