निर्वाचनमा ‘राजनीतिक सञ्चार’
स्थानीय निर्वाचनले देशका राजनीतिक दलको हैसियतमा केही फेरबदल ल्याएको छ । चुनावी जित र हारबारे दलभित्र तथा सार्वजनिक रुपमा पनि विभिन्न कोणबाट विवेचना भइरहेको छ ।
यो निर्वाचनमा विशेष गरी काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकालगायत केही स्थानीय तहमा बलियो संगठन र प्रभाव भएका राजनीतिक दललाई पराजित गर्दै स्वतन्त्र तथा दलप्रति असन्तुष्ट ‘बागी’ उम्मेदवारहरुको जित कसरी सम्भव भयो भन्ने विषयले राजनीतिक दल, राजनीतिक विश्लेषकदेखि सर्वसाधरणसम्मलाई अचम्ममा पारेको छ ।
आफ्नो संगठन, विचार, परम्परागत योजना, प्रचारशैली र रणनीतिले सहज जित निकाल्ने दलहरुको दाबी यो निर्वाचनले गलत सावित गरिदिएको छ । संघीय राजधानी काठमाडौंलगायत महत्वपूर्ण स्थानमा यो निर्वाचनमा देखिएका फरक परिदृश्य र अप्रत्याशित हार(जितका कारणहरूबारे विभिन्न कोणबाट विवेचना भइरहेका छन् ।
अहिलेका सचेत मतदाताले उम्मेदवारले विगतमा गरेका काम, भावी योजना हेरेर सुनेरमात्रै बस्दैन, आफूले चुनेको जनप्रतिनिधिको प्रस्तुति र गाम्भीर्यतालाई पनि नजिकबाट हेरिरहेको हुन्छ । उम्मेदवारको प्रस्तुति, हाउभाउलगायतले चुनावअघिको प्रतिबद्धता जितेपछि पूरा गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गरेको हुन्छ ।
अघिल्लो निर्वाचनका बाचा तथा योजना पूरा गर्न नसक्नु, जनप्रतिनिधि र राजनीतिक दल मतदाताप्रति जवाफदेही नहुनु, जनअपेक्षाअनुसार सेवा दिन नसक्नु हारका मुख्य कारण हुन् । त्यसैगरी जनतालाई आफ्ना विचार र भावी योजनामा सहमत गराउन नसक्नु जस्ता आम कारण अरु धेरै हुन सक्छन् । त्यसैगरी निर्वाचन जित्नेका पनि थुप्रै आम कारणहरू पक्कै छन् ।
तर, यो आलेखमा जित वा हारका आम कारणभन्दा काठमाडौं र धरानमा दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसार कसरी गरे भन्नेबारे ‘राजनीतिक सञ्चार’को दृष्टिले विवेचना गर्ने कोसिस गरिएको छ । बलियो संगठन भएका परम्परागत राजनीतिक दल कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरी स्वतन्त्र उम्मेदवारको जित कसरी सम्भव भयो होला ? चुनावी अभियानमा कस्तो राजनीतिक सञ्चार रणनीति परम्परागत दल र स्वतन्त्र उम्मेदवारले लिए ?
चुनावी अभियानमा ‘राजनीतिक सञ्चार’
वास्तवमा चुनावी अभियान भनेकै एक प्रकारको राजनीतिक सञ्चार हो । आफ्ना एजेन्डाहरु कुनै माध्यमबाट जनता तथा मतदातामाझ राख्न प्रयोग गरिने तरिका राजनीतिक सञ्चारको रणनीति हो । यदि चुनावी अभियानमा कुनै पार्टीले आफ्नो पक्षमा माहोल बनाउन तथा मतदातासँग परिचित हुन र गतिविधि सार्वजनिक गर्न सञ्चारको आवश्यकता हुन्छ । चुनावमा आफ्ना समर्थकलाई परिचालन गरी एजेन्डालाई अभियानका रुपमा मतदातामाझ पुर्याउन र ती योजनामा विश्वास दिलाउन पनि सञ्चार नै चाहिन्छ । त्यसैगरी आफ्नो निर्वाचन अभियानलाई आम मिडियामार्फत जनतामा पुर्याउने हो भने सञ्चारमाध्यम, सम्पादक तथा संवाददातासँगको सम्बन्ध सुमधुर र संवाद तथा अन्तरक्रियाहरुमा व्यवस्थित ढंगले प्रस्तुत हुनुपर्दछ । उम्मेदवारले मिडियामार्फत आफ्नो चुनावी अभियानको सञ्चार कसरी भैरहेको छ भन्ने विषय पनि ख्याल गर्नुपर्दछ । आज आएको समाचार हेरेर वा जनताको धारणा बुझेर भोलिको रणनीति तयार गर्नुपर्दछ ।
अहिलेको आधुनिक तथा प्रविधिको समयमा मतदातासमक्ष उम्मेदवार पुग्न ठूलो आमसभा, र्याली तथा घरदैलो गर्ने परम्परागत शैलीले मात्रै पुग्दैन । अहिले फोन, म्यासेज, भौतिक रुपमा र मल्टिमिडियामार्फत मतदातासँग अन्तरक्रिया, सामाजिक सञ्जालको व्यवस्थित प्रयोग, मिडियामा दिइने अन्तर्वार्ताको विषयवस्तु, प्रस्तुति, भाषागत शैली, शारीरिक हाउभाउसम्म अहिलेका मतदाताले ख्याल गरेको हुन्छ । निर्वाचनअघि सबै उम्मेदवारले सुन्दर सपना तथा योजनाहरू त ल्याएका हुन्छन् । तर, ती योजनालाई सुन्दर तथा व्यवस्थित ढंगले मतदाताको विश्वास कसले जित्न सक्दछ, उसको जितको सम्भावना अझ धेरै हुन थालेको छ । दलको संगठन र विचारबाहेक यी विषयहरू पनि अहिलेको राजनीतिक सञ्चार अर्थात चुनावी अभियानका मुख्य आधार हुन् ।
काठमाडौं महानगरपालिकामा एमालेका ३२ वटा वडामा अध्यक्षका उम्मेदवारहरुले ६३ हजार ९१६ मत प्राप्त गरे । मेयरका उम्मेदवार स्थापितले भने ३८ हजार ११७ मतमात्र ल्याउन सके । सबै टोल र वडाको परिणाममा एमाले काठमाडौंमा कमजोर देखिँदैन । मेयरमा एमाले पराजित हुनुमा तत्कालीन मेयरले आफ्नो प्रतिबद्धता र जनताका आवश्यकताअनुसार काम गर्न नसक्नु एउटा कारण होला । तर, उपमेयर तथा वडा अध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा मेयरको लज्जास्पद हारको कारणमा चुनावी अभियानमा उनको राजनीतिक सञ्चार शैली मिलेन भन्ने निष्कर्षमा पुगिन्छ ।
अहिलेको समयमा निर्वाचन सञ्चार रणनीति भनेको राजनीति, सञ्चार र मार्केटिङको संयोजन हो । चुनावको बेला आफूले वा पार्टीले विचार, योजना, संगठन र समर्थक परिचालन गर्दा विगतमा गरेका र विजयी भएपछि गर्ने कामलाई व्यवस्थित ढंगले प्रस्तुत गर्नुपर्छ । उम्मेदवारले विपक्षीभन्दा अब्बल देखाउँदा उसलाई होच्याउने वा आलोचना गरेरमात्रै हुँदैन । आफ्ना जितका आधारको तथ्यांकसहित मतदाता वा मिडियासमक्ष व्यवस्थित शैलीमा सञ्चार गर्नुपर्ने हुन्छ । अहिलेका सचेत मतदाताले उम्मेदवारले विगतमा गरेका काम, भावी योजना हेरेर सुनेरमात्रै बस्दैन, आफूले चुनेको जनप्रतिनिधिको प्रस्तुति र गाम्भीर्यतालाई पनि नजिकबाट हेरिरहेको हुन्छ । उम्मेदवारको प्रस्तुति, हाउभाउलगायतले चुनावअघिको प्रतिबद्धता जितेपछि पूरा गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गरेको हुन्छ।
उदाहरण १: काठमाडौं
काठमाडौंमा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतान्तरले पराजित भएपछि फेसबुक स्टाटसमार्फत बधाई दिँदै आफूलाई मतदान गर्ने काठमाडौवासीलाई धन्यवाद ज्ञापन गरे । एमालेबाट उम्मेदवार भएर २५ वर्ष अगाडि २०५४ सालमै भारी मतसहित यही काठमाडौंको मेयर भएका केशव स्थापित अहिले बागमती प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयर उठेका थिए ।
चुनावअघि आफ्नो प्रतिस्पर्धी कोही नभएको जिकिर गरिरहेका उनले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग भारी मतान्तरमा पराजित भएपछि लेखे, ‘म पटक–पटक लडेर पनि फेरि धूलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौं–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाढ स्नेह छ, अगाढ प्रेम छ । जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धरमराएको छैन ।’
सिर्जना सिंह पनि आफ्ना भावी योजनाभन्दा विगतमा नाताले आफ्ना ससुरा गणेशमान सिंह तथा पूर्वमन्त्री तथा वर्तमान कांग्रेस सांसद प्रकाशमान सिंहले गरेका काम सुनाएरै भोट मागिन् । जुन कुरा अहिले काठमाडौंका सचेत मतदाताको अपेक्षाअनुरुप छैन । मतदाताले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारले दिने सेवा तथा गर्ने कामलाई कसरी जनताको हितमा हुने गरी उम्मेदवारले योजना ल्याउँछन् भन्ने खोजिरहेका बेला परम्परागत एजेन्डा र प्रचार शैलीले सिंह पनि बालेन साहको अगाडि कमजोर सावित भइन् ।
उनको स्टाटसमा आएका सयौं प्रतिक्रियामध्ये गोविन्दराज पहारीको प्रतिक्रिया थियो, ‘नेताले बोल्दा दशचोटि सोचेरमात्र बोल्नुपर्छ, कार्यकर्ता बोल्दा झैं जथाभावी बोल्नु हुँदैन, नेता भनेको लाखौं व्यक्तिको, लाखौं जनताको नेता हो, कार्यकर्ता केवल नेताको मात्र वा पार्टीको मात्र कार्याकर्ता हो । त्यसैले नेताको बोली होइन, गोली हुन पनि सक्छ । जनता भनेको पानी हो, नेता माछा हो । पानीविना माछा बाँच्न सक्छ ?’
यो प्रतिक्रिया स्थापितको चुनावअघिको प्रस्तुति र सञ्चार शैली जनता र मतदाताले मन पराएका थिएनन् भन्ने एक उदाहरण हो ।
पाँचवर्षअघिको निर्वाचनमा भारी मतान्तरसहित एमालेले जितेको काठमाडौंमा उनको हारका कारणमा अघिल्लो नेतृत्वको कमजोरीभन्दा उनकै मतदातासमक्ष तथा आफ्ना योजना सञ्चारमा गरेका शैलीगत त्रुटि मुख्य हुन् भन्ने कैयौं उदाहरण छन् । २०५४ सालमा मेयर हुँदा सफल भएको र धेरै काम गरेकाले अहिले पनि मलाई नै जिताउनुपर्छ भनेर जुन शैलीमा चुनावलाई हल्का र सहज रुपमा लिनु उनको गल्ती थियो ।
काठमाडौंमा एमालेको संगठन कमजोर थियो वा एमालेका उम्मेदवारलाई भोट दिन हुँदैन भन्ने थियो भने लोकप्रिय मतसहित उपमेयर एमालेकै उम्मेदवार सुनिता डंगोल विजयी हुने थिइनन् । उनी स्थापितसँगै एमालेकै साझा प्रतिबद्धतासहित उम्मेदवार बनेकी थिइन् । उनले एमालेका तिनै योजना र आफ्ना केही व्यक्तिगत प्रतिबद्धतासहित स्थापितसँगै उभिए पनि फरक शैलीमा प्रस्तुत हुँदा भारी मतसहित विजयी भइन् । उनी मेयरमा निर्वाचित बालेन साह जस्तै काठमाडौंवासीले आशा गरेका युवा उम्मेदवार त थिइन् नै उनको एजेन्डा सञ्चार नवीन हुँदा अझ लोकप्रिय मतसहित विजयी भइन् ।
गणतन्त्र तथा देशमा परिवर्तन ल्याउन लामो योगदान गरेका पार्टीले अघि सारेका बलियो सांगठनिक आधार भएका राजनीतिक दलका उम्मेदवारलाई हराउन साहले प्रयोग गरेको राजनीतिक सञ्चार रणनीति नै सफल भएको हो ।
काठमाडौं महानगर २०७४ को चुनावमा एमालेबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले भारी मतान्तरले विजयी भएको ठाउँ हो । अहिले पनि ६८ हजार ६१२ मतसहित उपमेयरमा निर्वाचित डंगोलमात्रै होइन, काठमाडौं महानगरपालिकामा एमालेका ३२ वटा वडामा अध्यक्षका उम्मेदवारहरुले ६३ हजार ९१६ मत प्राप्त गरे । मेयरका उम्मेदवार स्थापितले भने ३८ हजार ११७ मतमात्र ल्याउन सके । सबै टोल र वडाको परिणाममा एमाले काठमाडौंमा कमजोर देखिँदैन । मेयरमा एमाले पराजित हुनुमा तत्कालीन मेयरले आफ्नो प्रतिबद्धता र जनताका आवश्यकताअनुसार काम गर्न नसक्नु एउटा कारण होला । तर, उपमेयर तथा वडा अध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा मेयरको लज्जास्पद हारको कारणमा चुनावी अभियानमा उनको राजनीतिक सञ्चार शैली मिलेन भन्ने निष्कर्षमा पुगिन्छ ।
यता विजयी स्वतन्त्र उम्मेदवारले काठमाडौं महानगरलाई कसरी सुन्दर र बस्नलायक बनाउन आफ्ना योजना सार्वजनिक स्थल, घरदैलो, मिडियामार्फत व्यवस्थित रुपले सञ्चार गरे । उनले प्रचारका लागि ठूलो भेला, र्याली होइन भित्री रुपमा टिम बनाएर योजना बनाए । उनले केही वर्षअघिदेखि मेयरको उम्मेदवार बन्ने गरी आफ्नो इन्जिनियरिङ पेशासँगै स्थानीय सरकारका जिम्मेवारी र कामबारे गहिरो अध्ययन गरे ।
राजनीतिक दलले आफ्नो चुनावी अभियानमा कार्यकर्तालाई परिचालन गर्छन् भने उनले कलाकारिता क्षेत्र, आफ्ना संगीत क्षेत्रका समर्थकलाई परिचालन गरे । साथै, पेशाले इन्जिनियर भएकाले सो क्षेत्रका समकक्षीहरूको पनि उनलाई साथ रह्यो । काठमाडौंलाई व्यवस्थित बनाउन आफ्ना लोभलाग्दा र व्यवस्थित योजना सुनाउन मिडियाको पनि राम्रो साथ पाए । सामाजिक सञ्जालमार्फत पनि उनका गतिविधि र योजनाले व्यापकता पायो । उनले आफ्नो योजना सञ्चार गर्दा विद्यालयका स-साना विद्यार्थीसँग अन्तरक्रिया गर्नेदेखि मेयरका उम्मेदवारसँग भएका अन्तरक्रियाहरूमा व्यवस्थित रुपमा प्रस्तुत भए । उनका प्रस्तुति र योजनाले व्यापकता पाए । सञ्जालको भाषामा भन्नुपर्दा उनका अभियान र योजना देश तथा विदेशसम्म ‘भाइरल’ नै भए । त्यसकारण काठमाडौंमा उम्मेदवार रहेका साह मोफसलका युवाबीच पनि चर्चित बने । उनले चुनाव जित्नुपर्छ भन्नेमा सर्वत्र माहोल सिर्जना भयो ।
उनको पक्षमा यो माहोल निर्माण हुनुमा उनले अगाडि सारेका योजना, प्रस्तुत गरेका तथ्यांक, प्रचारमा प्रयोग सञ्चार शैली नै प्रमुख हुन् । गणतन्त्र तथा देशमा परिवर्तन ल्याउन लामो योगदान गरेका पार्टीले अघि सारेका बलियो सांगठनिक आधार भएका राजनीतिक दलका उम्मेदवारलाई हराउन साहले प्रयोग गरेको राजनीतिक सञ्चार रणनीति नै सफल भएको हो ।
त्यस्तै कांग्रेससहितको पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंह पनि आफ्ना भावी योजनाभन्दा विगतमा नाताले आफ्ना ससुरा गणेशमान सिंह तथा पूर्वमन्त्री तथा वर्तमान कांग्रेस सांसद प्रकाशमान सिंहले गरेका काम सुनाएरै भोट मागिन् । जुन कुरा अहिले काठमाडौंका सचेत मतदाताको अपेक्षाअनुरुप छैन । मतदाताले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारले दिने सेवा तथा गर्ने कामलाई कसरी जनताको हितमा हुने गरी उम्मेदवारले योजना ल्याउँछन् भन्ने खोजिरहेका बेला परम्परागत एजेन्डा र प्रचार शैलीले सिंह पनि बालेन साहको अगाडि कमजोर सावित भइन् ।
उदाहरण २ : धरान
२०७४ सालको निर्वाचनमा एमाले, २०७६ को उपनिर्वाचनमा कांग्रेसले जितेको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज ‘साम्पाङ’ राई विजयी भए । उनी जनताका दैनिक सरोकार र आवश्यकताका विषयमा आवाज उठाउँदै आएका पात्र थिए । उनले आफूलाई भ्रष्टाचार र अनियमितताविरुद्धको अभियन्ताका रुपमा आफूलाई चिनाउँदै आएका थिए । उनले धरानको खानेपानीका समस्या, सरकारी कार्यालयका अनियमितता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध कहिले एक्लै त कहिले समूहमा संघर्ष गर्दै आएका थिए । उनले तिनै स्थानीय समस्यालाई समाधान गर्ने प्रतिबद्धतासहित स्वतन्त्र उम्मेदवार बने । उनले यसपालिको चुनावमा ‘पार्टीले जितिरहने, जनता हारिरहने कुचलनको विरुद्ध मेरो स्वतन्त्र उम्मेदवारी’ रहेको भनेर प्रचार गरे । उनले ट्याम्पुमा चढेर आफै चुनावी प्रचार गरे । यो उनको सञ्चार शैलीले धरानका जनता प्रभावित भए, उनलाई विजयी बनाए ।
अहिले राजनीतिक दलको संगठन, विचार तथा प्रतिबद्धता र सपनालाई भन्दा स्थानीय सरकारको साधन, स्रोत र जनशक्तिले दिनसक्ने सेवाबारे जसले योजना ल्याउन सक्छ, त्यो उम्मेदवारलाई जनताले पत्याउन थालेका छन् । यो कुरा संघीय राजधानी काठमाडौं, धरान उपमहानगरलगायत स्वतन्त्र उम्मेदवारले जितेका ठाउँमा लागू भएको छ ।
उनले ठूला आमसभा तथा सञ्चारमाध्यम नभई सानो समूहमा रहेर चुनावी सञ्चार तथा प्रचार गरे । उनले ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामको फेसबुक पेजबाट आफ्ना चुनावी गतिविधिको लाइभ तथा प्रचार गरिरहे । उनी ठूल्ठूला सपना देखाउने नभई जनताको समस्या पहिचान गरी स्थानीय सरकारले गर्न सक्ने कामको प्रतिबद्धतासहित घरदैलोमा पनि पुगे । उम्मेदवार बन्नुअघि पनि उनले एक्लै भए पनि नियमित रुपमा जनसरोकारका विषयमा आवाज उठाइरहे । उनले दैनिक रुपमा दर्जनभन्दा बढी फेसबुक स्टाटस र लाइभ गर्दा सयौं सेयर र हजारौं भ्यूज हुन्थ्यो । उनी एक्लै भए पनि जनताको आवाज बोल्ने व्यक्ति बने । जुन काम परम्परागत ठूला राजनीतिक दल तथा तिनका उम्मेदवारले गर्न सकेनन् । जसका कारण हर्कको जित सम्भव भयो ।
अहिले राजनीतिक दलको संगठन, विचार तथा प्रतिबद्धता र सपनालाई भन्दा स्थानीय सरकारको साधन, स्रोत र जनशक्तिले दिनसक्ने सेवाबारे जसले योजना ल्याउन सक्छ, त्यो उम्मेदवारलाई जनताले पत्याउन थालेका छन् । यो कुरा संघीय राजधानी काठमाडौं, धरान उपमहानगरलगायत स्वतन्त्र उम्मेदवारले जितेका ठाउँमा लागू भएको छ । अन्य स्थानमा पनि राजनीतिक दलको संगठन र विचारलाई मात्रै नभई उम्मेदवारको क्षमता, योग्यता, योजना निर्माण तथा त्यसको प्रस्तुति र कार्यान्वयनको पक्षलाई पनि केलाएर मतदान गर्न थालेका छन् । यसरी मतदाताको परिमार्जित अपेक्षा पूरा गर्ने गरी उम्मेदवार तथा दलले त्यही किसिमको राजनीतिक सञ्चार रणनीति अपनाउन जरुरी हुन्छ । अबका दिनमा पार्टी वा उम्मेदवारको राजनीतिक सञ्चार शैलीले चुनाव जित वा हारमा निर्णायक आधार बन्ने देखिन्छ ।
(लेखक पौडेल चीनको सेन्जेन विश्वविद्यालयबाट ‘राजनीतिक सञ्चार’ विषयमा विद्यावारिधि गर्दैछन्।’