मेयर बालेन्द्रको पहिलो निर्णय- आजै नगर कार्यपालिकाको बैठक बस्ने, लाइभ प्रसारण हुने – Nepal Press

मेयर बालेन्द्रको पहिलो निर्णय- आजै नगर कार्यपालिकाको बैठक बस्ने, लाइभ प्रसारण हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने उनको पहिलो निर्णय छ । आज बेलुका ४ बजे नगर कार्यपालिकाको वैठक बस्ने छ ।

बालेनले काठमाडौंको चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने बाचा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर