घाँटी रेटेर आफ्नै छोरीको हत्या, आत्महत्या प्रमाणित गर्न प्रयास – Nepal Press

घाँटी रेटेर आफ्नै छोरीको हत्या, आत्महत्या प्रमाणित गर्न प्रयास

दिल्ली। भारतको हैदरावादमा आर्कै समुदायको केटासँग प्रेम सम्बन्धमा रहेको कारण आफ्नै छोरीको घाँटी रेटेर हत्या गरिएको घटना सार्वजनिक भएको छ ।

भारतिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार प्रहरीले घरमा रगतले लतपतिएको अवस्थामा शव बारामद गरेको थियो तर युवतीको परिवारले यसलाई आत्महत्या दाबी गरिरहेका छन् ।

हैदरावाद नजिकैको आदिलाबाद जिल्लाकी आदिवासी समुदायकी ती युवती दुई महिनाअघि आफ्नो २२ वर्षीय प्रेमीसँग भागेकी थिइन तर उनको परिवारले अपहरणको मुद्दा दर्ता गरी युवतीलाई घर फिर्ता ल्याएको थियो भने उनको प्रेमीविरुद्ध पनि बलत्कारको मुद्दा दर्ता गराएको थियो ।

स्थानियहरुले युवतीको मृत्‍यु भएको जानाकारी गराए पछि घटनास्थलमा पुगेको प्रहरीलाई युवतीका पिताले झगडा गरेर युवती आँफैले आफ्नो ज्यान लिएको बयान दिएका छन् । लासको प्रकृति हेर्दा उनको हत्या भएको अनुमान गर्न सकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कारण अहिलेनै कुनै निष्कर्समा भने पुग्न नसकिने प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर