धनगढीका गुनासा सुन्न मेयर हमालले सार्वजनिक गरे ह्वाटस्एप नम्बर – Nepal Press

धनगढीका गुनासा सुन्न मेयर हमालले सार्वजनिक गरे ह्वाटस्एप नम्बर

कैलाली। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन् । उनले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन् ।

‘यो नम्बर मसँग हुन्छ, नागरिकको गुनासो सुन्नलाई हो । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस् । म तुरुन्त कारबाहीको प्रक्रियामा जान्छु’, उनले भने ।

उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्न अनुरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर