महानगरको ‘ढलमग्न’ पार्किङ, नाक थुन्दै जानुपर्छ कार्यालय मेयर बालेन्द्रले – Nepal Press

महानगरको ‘ढलमग्न’ पार्किङ, नाक थुन्दै जानुपर्छ कार्यालय मेयर बालेन्द्रले

काठमाडौं । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सुन्धारास्थित महानगर कार्यालयमा पदभार ग्रहण गरे । छैटौं तल्लामा रहेको कार्यकक्षमा उक्लिँदै गर्दा सायद उनको नाकमा असाध्यै नमीठो गन्ध ठोक्किइरहेको थियो ।

महानगरपालिकाको कार्यालय एउटा निजी कम्प्लेक्समा छ । उक्त व्यापारिक कम्प्लेक्सको सबैभन्दा तल्लो तलामा रहेको पार्किङ अहिले ढलमग्न बनेको छ । ढल फुटेर मिसिएका कारण यहाँको गन्ध वरपरसम्म फैलिएको छ ।

उक्त भवनमा दर्जनौं कार्यालयहरु रहेका छन् । आज बालेन्द्र पदभार ग्रहणका लागि जाँदै गर्दा सो भवनमा काम गर्ने केही व्यक्तिहरुले प्रदर्शनसमेत गरेका थिए । उनीहरुले ‘पाँच वर्षसम्म विद्यासुन्दर ज्यूले देख्‍न नसकेको नगरपालिकासहितको ढल मग्न पार्किङ’ लेखिएको प्लेकार्ड समातेका थिए ।

यसअघिका मेयर विद्यासुन्दरले समाधान गर्न नसकेको समस्या उनीहरुले नयाँ मेयरलाई आउँदाआउँदै देखाएका हुन् ।

काठमाडौं महानगरपालिकाको आफ्नै भवन नभएकाले भाडाको भवनमा चलिरहेको छ । आफ्नै भवन निर्माण गर्ने काम पनि सुरु भएको छ । पूर्वमेयर विद्यासुन्दर शाक्यले ८ तल्ले सुविधासम्पन्न भवनको शिलान्यास गरेका थिए । हाल वातावरण विभाग रहेको जमिनको करिब ६ रोपनी क्षेत्रफलमा नयाँ भवन बन्न लागेको हो ।

नयाँ भवनको स्केचः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *