प्रधानमन्त्री देउवाको वडा जितेको करुवालाई काठमाडौंमा ५९ भोट ! – Nepal Press

प्रधानमन्त्री देउवाको वडा जितेको करुवालाई काठमाडौंमा ५९ भोट !

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा जित हासिल गरेको नेपाली कांग्रेस (वीपी) ले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भने ५९ मत मात्रै पाएको छ ।

नेपाली कांग्रेस त्यागेका नेताहरुले स्थापना गरेको सो पार्टीका तर्फबाट महामन्त्री भक्तराज भूसाल काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धी थिए । करुवा चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका उनले जम्मा ५९ मत ल्याए ।

मतपरिणाम आएपछि भूसालले विज्ञप्ति जारी गरेर लोकतान्त्रिक प्रतिस्पर्धामा हुने हारजितलाई आफूले स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएका थिए । उपमेयरमा भने नेपाली कांग्रेस (वीपी) की उम्मेदवार ईन्दिरा अधिकारीले १ सय ५२ मत ल्याइन् ।

प्रधानमन्त्रीको देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा भने वीपी कांग्रेसबाट नरेशराज भण्डारी ६ सय ७३ मतसहित विजयी भएका थिए । प्रधानमन्त्री देउवाले मतदान गरेको सो वडामा कांग्रेस उम्मेदवार दोस्रो भएका थिए ।

नेपाली कांग्रेस (वीपी) मा कांग्रेसका पुराना नेताहरु आवद्ध रहेका छन् । हरिबोल भट्टराई संस्थापक सभापति रहेको सो पार्टीमा अहिले सुशिलमान शेरचन सभापति छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर