एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडासदस्यलाई कालोमोसो दले, कार्यपालिका चुनावमा अन्तरघात गरेको आरोप – Nepal Press

एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडासदस्यलाई कालोमोसो दले, कार्यपालिका चुनावमा अन्तरघात गरेको आरोप

काठमाठडौं । सोलुखुम्बुमा नेकपा एमालेका नवनिर्वाचित दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । गाउँ कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको आरोपमा उनीहरुलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको हो ।

सोलुखुम्बुको सोताङ गाउँ कमिटीले भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङमाथि कांग्रेससँग मिलेमतो गरेको आरोप लगाएको थियो । पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका थिए ।

‘पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको उनको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई नेपाली कांग्रेसका सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तमप्रसाद नाछिरीङले पच्चीस हजार दिने र गरी ५ हजार अग्रीम दिएको दावीसमेत गरिएको छ ।

यस्तै, नेपाली कांग्रेसका नेता कृष्ण तामाङले नेपाली कांग्रेसलाई भोट नदिए ज्यान मार्ने धम्की दिएको र निर्वाचनपछि लाखौं रकम दिने प्रलोभनमा पारेको सदस्यद्वयले बताइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर