बजेटमाथि दुवै सदनमा सैद्धान्तिक छलफल सुरू – Nepal Press

बजेटमाथि दुवै सदनमा सैद्धान्तिक छलफल सुरू

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभामा आजबाट आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले जेठ १७, १८ र १९ गतेको लागि समय तोकेका छन् ।

राष्ट्रियसभामा पनि बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ ।

बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १७ र १८ गतेलाई समय तोकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर