रुपन्देहीकाे तिलोत्तामा नगरपालिका १ वडा नम्बर कार्यालयमा सेवाग्राहीले लगाए ताला – Nepal Press

रुपन्देहीकाे तिलोत्तामा नगरपालिका १ वडा नम्बर कार्यालयमा सेवाग्राहीले लगाए ताला

रुपन्देही । रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आए पनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष फर्सुराम गिरी कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले गुनासाे गरेका छन् । उनलाई पटक-पटक फोन गर्दा पनि नउठाउने र फोन काट्ने गरेपछि बाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताए ।

उनले उक्त वडाको डाइभर टोलमा चौकिल्ला बनाउन लगातार तीन दिनसम्म जाँदा पनि काम नभएको गुनासो गरे । उनले आफू जस्तो धेरै भएको र सबैको सहमतिमा तालाबन्दी गरिएको बताए ।

एमालेबाट निर्वाचित वडाध्यक्ष गिरी पार्टीले आयोजना गरेका सबै जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी भएकाले कार्यालय जान नपाएको एमाले नेता दिनेश फुल्लेलले बताए । उनले वडाध्यक्षले कार्यालय समयभन्दा अन्य समयमा पनि सेवा दिए पनि केही राजनीतिक पूर्वाग्रहबाट तालाबन्दी गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर