कार्यपालिका चुनावमा अन्तर्घात गरेको भन्दै गाउँपालिका उपाध्यक्षसहित ६ कांग्रेस नेता कारवाहीमा – Nepal Press

कार्यपालिका चुनावमा अन्तर्घात गरेको भन्दै गाउँपालिका उपाध्यक्षसहित ६ कांग्रेस नेता कारवाहीमा

दाङ । दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई अन्तर्घात गरेर हराएको भन्दै नेपाली कांग्रेस बबईले आफ्नै पार्टीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्कासहित ६ जनालाई कारबाहीको माग गर्दै जिल्ला पार्टी कार्यालयमा सिफारिस गरेको छ ।

गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टी भित्र अन्तर्घात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्कासहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।

कार्यपालिका सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा उपाध्यक्ष र अन्य दुई जनाले रुखमा भोट नहाली सूर्य चिन्हमा भोट हालेको र अन्यले सूर्य चिन्हमा भोट हाल्न सहयोग गरेको भन्दै कारबाहीको मागसहित निवदेन पेश गरेकाले सोको प्रतिलिपिसहित जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का, वडा नं. ३ की दलित महिला सदस्य मि कुमारी विक, योजनाकार वडा नं. ५ का क्षेत्रिय प्रतिनिधि प्रशाराम भुषाल, योजना कार्यान्वयन गर्नेहरु वडा नंं. ६ क्रियासिल सदस्य सेवेन्द्र देवकोटा, वडा नं. ४ का क्रियासिल सदस्य नर वहादुर परियार, क्षेत्रिय नं. ३ का क्षेत्रिय प्रतिनिधि उर्मिला बस्याललाई पार्टीको साधार सदस्य नरहने गरी कार्बाही गर्न माग गर्दै कार्यपालिका उम्मेदवारले नेपाली कांग्रेस बबईमा निवेदन पेश गरेका थिए ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेले जितेको थियो । जेठ १५ गते भएको बबई गाउँपालिको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्कासहित अन्यले सूर्य चिन्हमा भोट हालेर हार व्यहोर्नु परेको नेपाली कांग्रेसका उम्मेदवारले आरोप लगाउदै आएका छन् ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डांगीले त्यहाँको अन्तरघातबारे छानबिन चलिरहेको र छानबिनबाट कमजोरी देखिए पार्टीले कारबाही गर्ने चेतावनी दिए । सो गाउँपालिका कांग्रेस प्रभावशाली नेता केन्द्रिय सदस्य दिपक गिरीको निर्वाचन क्षेत्रमा पर्छ ।

गाउँपालिका उपाध्यक्ष खड्का दिपकका दाजु अर्का केन्द्रिय सदस्य गेहेन्द्र गिरी निकट हुन् । दाजुभाइ बीचको गुटबन्धीको लडाई र टिकट बाड्दा एकलौटे गर्दा सो गाउँपालिकामा कांग्रेसकाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मतदान गरेर एमालेलाई जिताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर