दुर्गा पौडेल भन्छिन्- विदेशी सहयोग र ऋण लिनुपर्ने आवश्यकता बुझेका छौं तर एमसीसी खारेज गर्नुपर्छ – Nepal Press

दुर्गा पौडेल भन्छिन्- विदेशी सहयोग र ऋण लिनुपर्ने आवश्यकता बुझेका छौं तर एमसीसी खारेज गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले एमसीसी खारेज गरेर जानुपर्ने बताएकी छन् ।

उनले एमसीसीबाट राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहत राष्ट्रिय हितमा गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्ने बताएकी हुन् ।

प्रतिनिधिसभामा प्रस्तुत बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग वा ऋण लिनुपर्ने आवश्यकतालाई भने आफूहरूले स्वीकार गर्ने बताइन् ।

‘तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाभीमान, राष्ट्रिय अर्थतन्त्र र बृहत राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्दछ’, उनले भनिन्, ‘एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहत राष्ट्रिय हितमा गम्भीर आँच पुग्ने भएकाले हामी त्यसलाई खारेज गरेर जानुपर्ने आवश्यकतामा जोड दिन्छौं ।’

अन्यथा त्यसका दूरगामी दुस्परिणामहरू हुने उनले दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर