बाँके कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी, सभापति विधानविपरीत चलेको आरोप – Nepal Press

बाँके कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी, सभापति विधानविपरीत चलेको आरोप

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको पार्टी कार्यालयमा नेता-कार्यकर्ताले तालाबन्दी गरेका छन् । पार्टी सभापति नारायणप्रसाद गौडेलले विधानविपरीत काम गरेको भन्दै असन्तुष्ट नेता-कार्यकर्ताले ताला लगाएका हुन् ।

असन्तुष्ट पक्षले सभापति गौडेलविरुद्ध बहुमतको निर्णयबिनै विधानविपरीत कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको आरोप लगाएको छ ।

तालाबन्दी गर्नेहरूमा महाधिवेशन प्रतिनिधि तथा संविधान सभा सदस्य बादशाह कुर्मी, महाधिवेशन प्रतिनिध राजकुमार बर्मा, निरञ्जन सिंह सिंजापति, नेपाली कांग्रेस बाँके सचिव सन्जु चौधरी, सह सचिव बिनोद थारु, सदस्य अशोक श्रेष्ठलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर