बालेन्द्रलाई देउवाले भने- तपाईँले चमत्कार गर्नुभयो’ – Nepal Press

बालेन्द्रलाई देउवाले भने- तपाईँले चमत्कार गर्नुभयो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा देउवा र साहबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए ।

‘तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने ।

देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको बालेन्द्र निकट स्रोतले बतायो ।

‘फोहोर मैला व्यवस्थापनका लागि जे जे उपाय छन् लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुन्छ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर