सगरमाथा दिवस: नाम्चेमा सांगीतिक कार्यक्रम
सोलुखम्बु। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिन मे २९ को सम्झनामा १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।
दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ ।
सन् १९५३ को का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डे को रुपमा विश्वभरि नै मनाइने गरिन्छ।
यसवर्ष सगरमाथा आरोहणका लागि देश तथा विदेशबाट आउने पर्यटकहरुको साथमा सगरमाथा दिवस मनाइएको छ ।
सगरमाथा दिवसको अवसरमा नाम्चे युवा समुह तथा पार्टी एभरेष्ट इन्टरनेशनलको संयुक्त आयोजनामा मे २९ अर्थात जेठ १५ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सांगीतिक कार्यक्रम तथा डिजे सेसन सञ्चालन गरिएको पार्टी एभरेष्ट इन्टरनेशनलका पासाङ छिरिङ शेर्पाले बताए ।
कार्यक्रममा कलाकारहरु सुगम पोखरेल, मिलन नेवार, तृष्णा गुरुङ, सुवानी मोक्तान डिजे तेन्जिङ, विश्व दोङ, जेनी शेर्पा, छिरिङ वाङछु शेर्पाका साथै स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुत दिएका थिए ।
उक्त कार्यक्रममा सोलुखुम्बुको नाम्चेबजारस्थित हिमाल आधारभूत विद्यालयको प्रांगणमा आयोजना भएको थियो ।
उक्त विशेष दिनको अवसर पारेर विगत एक दशकभन्दा लामो समयदेखि ‘पार्टी एट द टप अफ द वर्ल्ड’ भन्ने नाराका साथ वाह्य तथा आन्तरिक पर्यटन प्रबर्धनका साथै विभिन्न खेलकुद, सरसफाई कार्यक्रमका साथै यस भेगका लोपन्मुख पशुपंक्षी तथा वन्यजन्तुहरुको संरक्षण, जलवायु परिवर्तनका साथै सोलुखम्बु क्षेत्रमा आउने पदयात्रीहरुको विभिन्न समस्याको समाधानमा सहयोग पुयाउने गतिविधिहरु सञ्चालन गर्दै यो वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको थियो ।