सुर्खेत समन्वय समितिको मतदान तय, कांग्रेस-माओवादीको आश एमालेमाथि – Nepal Press

सुर्खेत समन्वय समितिको मतदान तय, कांग्रेस-माओवादीको आश एमालेमाथि

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख, उपप्रमुख र सात सदस्यका लागि जेठ २७ गते मतदान हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको कार्यतालिका अनुसार मतदाता नामावली जेठ २२ गते हुनेछ । यस्तै, उम्मेदवारको मनोनयन दर्ता जेठ २४ गते हुने भएको छ भने उम्मेदवारी फिर्ता जेठ २५ गतेलाई तोकिएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जनाएका छन् ।

सुर्खेतमा कुल १८ मतदातामध्ये एमालेसँग ९, कांग्रेससँग ८ र माओवादीसँग १ छ । यहाँ सत्तागठबन्धनको ९ र एमालेको बराबर ९ मत छ ।

एमाले र माओवादीबीच गठबन्धनको सम्भावना बढिरहँदा जिससमा मिलेर जान एमालेसँग नेपाली कांग्रेसले समेत अनुरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर