तालमेलकै कारण कांग्रेस, माओवादी र एसलाई फाइदा भयो : महामन्त्री शर्मा (भिडिओ) – Nepal Press

तालमेलकै कारण कांग्रेस, माओवादी र एसलाई फाइदा भयो : महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले तालमेल प्रभावकारी भएको बताए ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको शर्माको भनाइ थियो । ‘सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै हल्ला भने धेरै भयो’, महामन्त्री शर्माले भने ।

उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै ५ वर्षे कार्यकालको सही उपयोगका लागि उनले निर्देशन पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर