पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी सरकारको तयारीप्रति पोखरामा विरोध – Nepal Press

पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी सरकारको तयारीप्रति पोखरामा विरोध

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन भएको छ । गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक प्रदर्शन गरेको हो ।

१२ जेठको मन्त्रिपरिषद् बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्यौदा समिति गठन गरेको छ । उक्त समिति गठन भएपछि समिति नै खारेजीको माग गर्दै विरोध भइरहेको छ ।

`प्रदेश सरकारले पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिन कानुन ल्याउने तयारी गरेको सुनिएको छ,´ गैसस महासंघका प्रदेश अध्यक्ष रामप्रसाद सुवेदीले भने, `राजनीतिलाई पेशा नबनाइयोस् । उक्त निर्णय तुरून्त फिर्ता गरियोस् ।´

कतिपय नवनिर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधा सामाजिक क्षेत्रमा दिने र कतिपयले नलिने घोषणा गरेको भन्दै उनले सबैले सोही अभियान चलाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर