पुरुष हिंसा अन्त्य गर भन्दै पल शाहको पक्षमा प्रदर्शन (तस्बिरहरू) – Nepal Press

पुरुष हिंसा अन्त्य गर भन्दै पल शाहको पक्षमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बलात्कार आरोपी पल शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ ।

‘हाम्रो टिम नेपाल’ ले आह्वानमा माइतीघरमा विराेध प्रदर्शन गरिएको हाे ।

आन्दोलनमा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिंसाको अन्त्य गर्न माग गरेका छन् ।

उनीहरुले पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिंसा अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

भोलिको प्रदर्शनमा भने नायिका पूजा शर्मा लगायतका सेलिब्रेटीहरु सहभागी हुने तयारी छ ।

पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो ।

पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् । यो निर्णय त्रुटिपूर्ण रहेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *