निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको अपिल (विज्ञप्तिसहित) – Nepal Press

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको अपिल (विज्ञप्तिसहित)

काठमाडौं । नागरिक समाजका अगुवाहरूले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको सम्मान गर्न आग्रह गरेका छन् ।

पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व न्यायाधीश बलराम केसी, मानवअधिकारकर्मी बलराम केसी, पत्रकारद्वय कनकमणि दीक्षित र तारानाथ दाहाल तथा अधिवक्ताद्वय गीता संग्रौला पाठक र राजप्रसाद चापागाईँले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाबारे सरकार र संसदबाट भएका आलोचना र टिप्पणीबारे आपत्ति जनाएका हुन् ।

सर्वोच्चको फैसला विपरीत संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिनुले न्यायालयको स्वतन्त्रपूर्वक न्याय निरूपण गर्ने अधिकारप्रति हस्तक्षेप हुन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

‘लोकतान्त्रिक प्रणालीमा राज्यका प्रमुख अङ्गहरु बीचमा द्वन्द्व बढाउन होइन एक अर्काप्रति संयम भएर संविधान र कानुनले तोकेका आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने तर्फ गम्भीर बन्न पनि सबैलाई हाम्रो आग्रह छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ –


प्रतिक्रिया

One thought on “निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको अपिल (विज्ञप्तिसहित)

  1. निजगढ विमानस्थल नेपालको सामरिक र आर्थिकसामाजिक विकासको मेरूडण्ड हो यहाँ सबै चलखेल हो यो देशको विकास भयो भने विदेशीले भनेको यहाँ मान्दैनन् भनेर विभित्र थरीका अभियान कर्मिहरूले लगातार लेख र विज्ञप्ति निकाल्नु को मखसद के हो आम नागरिकले पनि बुझ्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर