छिटो मल उपलब्ध गराउन माग गर्दै किसान महासंघद्वारा आन्दोलन घोषणा – Nepal Press

छिटो मल उपलब्ध गराउन माग गर्दै किसान महासंघद्वारा आन्दोलन घोषणा

'किसान पेन्सन' आधार र तयारीबिना सस्तो लोकप्रियताका लागि भएको टिप्पणी

काठमाडौं । बाली लगाउने समयमा रासायनिक मलको चरम अभाव भएपछि अखिल नेपाल किसान महासंघले दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।

महासंघले आज पत्रकार सम्मेलन गर्दै देशैभर आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष प्रेम दंगालका अनुसार प्रधानमन्त्री, कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने, दोस्रो चरणमा सातवटै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना र जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ गरिने बताए ।

महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विरोध र्‍याली तथा आम सभा गरेर कृषकका सरोकारको विषयमा दबाब दिने जानकारी दिएको छ ।

नेपालमा ५ देखि ७ लाख मेट्रिक टन मलको आवश्यकता पर्ने र त्यसका लागि करिब ३० अर्ब बजेट चाहिने विज्ञले सुझाव दिए पनि
सरकारले जीटूजी प्रक्रियाबाट एक लाख ५० हजार मेट्रिक टनमात्र मल ल्याउने भनेको अध्यक्ष दंगालको भनाइ छ ।

नयाँ बजेटमार्फत ल्याइएको ‘किसान पेन्सन’ योजना कुनै आधार र तयारीबिना हठात प्रचार र सस्तो लोकप्रियताका लागि किसानको आँखामा छारो हाल्ने गरी आएको महासंघको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर