पाँचथरको संयोग- चुनाव जिते गठबन्धनको भरमा, मुख्य पद बाँडियो नेताको घरमा – Nepal Press

पाँचथरको संयोग- चुनाव जिते गठबन्धनको भरमा, मुख्य पद बाँडियो नेताको घरमा

विराटनगर । सत्ता गठबन्धनका शीर्ष नेताले आफ्ना परिवारका सदस्य र आफन्तलाई जिताउन चुनावी तालमेल गरेको आरोप लागिरहेका बेला पाँचथरमा अझ रोचक संयोग देखिएको छ ।

स्थानीय तहका चुनावमा सबै पालिकामा गठबन्धन गरेर लडेका कांग्रेस र माओवादीका प्रभावशाली नेताले आफ्नै दाजु र भाइलाई जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख बनाएका छन् ।

पाँचथरमा जिसस बनाउन सत्ता गठबन्धनको सुविधाजनक बहुमत रहेको छ । यही बहुमतको फाइदा उठाउँदै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे र माओवादी केन्द्रीय सदस्य तथा प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले जिससका दुवै पद आफ्नै घरमा बाँडेका हुन् ।

शुक्रवार भएको मनोनयनमा गठबन्धनबाटमात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध हुने निश्चित छ । गठबन्धनबाट जिसस प्रमुख पाएको कांग्रेसले भीष्मका सहोदर भाइ रामराज आङ्देम्बेलाई अघि सारेको छ ।

त्यस्तै उपप्रमुख पाएको माओवादीले प्रदेशमन्त्री इन्द्र आङ्बोका सहोदर दाजु यामकुमार आइबोलाई उम्मेदवार बनाएको छ । दुवै जना निर्विरोध भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर