प्रचण्डले बोलाए माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक – Nepal Press

प्रचण्डले बोलाए माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन् ।

चुनावपछिको अवस्थाको समिक्षा र पदाधिकारी चयनको विषयमा छलफल गर्न अपरान्ह बैठक बस्न लागेको नेता चक्रपाणी खनालले बताए ।

यसअघि केन्द्रीय समितिको बैठक जेठ २० मा बोलाइएकोमा असारसम्मलाई स्थगित गरिएको थियो । पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले पदाधिकारी चयनको विषयमा टुंगो लगाउने सम्भावना छ ।

माओवादीमा महासचिवको विवादका कारण पदाधिकारी चयन हुन सकेको छैन । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको सशक्त दावी छ ।

सर्वसम्मत हुँदा दुईजना मध्ये एक हुनसक्ने तर निर्वाचन हुने अवस्थामा आफू पनि महासचिवको दावेदार रहेको खनालले नेपाल प्रेससँग बताए । बैठकमा चुनावको समिक्षा हुने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर