नेपालले तिब्बती समुदायलाई उच्च निगरानीमा राखेको अमेरिकाको दाबी
काठमाडौं । संयुक्त राज्य अमेरिकाले हालै सार्वजनिक गरेको ‘धर्मिक स्वन्त्रता रिपोर्ट २०२१’ मा नेपालले तिब्बती समुदायलाई उच्च निगरानीमा राखेको दाबी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले गत बिहीबार सांसदमा पेश गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट २०२१’ मा तिब्बती समुदाय र त्यसमा पनि विशेषगरी दलाई लामासँग झुकाव राख्ने समुदायलाई नेपाल प्रहरीले उच्च निगरानीमा राखेको दाबी गरिएको छ ।
उक्त रिपोर्टमा नेपालका धार्मिक समुदायहरुले सरकारले कोभिड- १९ को समयमा पनि गैर हिन्दू समुह भन्दा हिन्दू समुदायलाई बढी छुट दिएको भनेर समेत दाबी गरिएको छ ।
उक्त रिपोर्टमा नेपालले तिब्बती समुदायलाई सार्वजनिक रुपमा दलाइ लामाको जन्मोत्सव मनाउनबाट प्रतिबन्ध लगाएको र तिब्बती समुदायले दलाइ लामाको जन्मोत्स्व मनाउनुलाई नेपालले चीन विरोधी गतिविधीको रुपमा लिने गरेको पनि उक्त रिपोर्टमा उल्लेख छ ।