बैतडी जिसस निर्वाचनमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र एकठाउँमा – Nepal Press

बैतडी जिसस निर्वाचनमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र एकठाउँमा

बैतडी । जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र जितेका एक अध्यक्ष एकठाउँमा आएका छन् ।

जसमा कांग्रेसले प्रमुखसहित दुई खुला सदस्य, एक महिला सदस्य र एक दलित सदस्य गरी पाँच जना पाएको छ । माओवादी केन्द्रले एक उपप्रमुखसहित एक खुला सदस्य र एक महिला सदस्यगरी तीनजना पाएको छ भने एक महिला सदस्य स्वतन्त्रलाई दिइएको छ ।

जसका लागि कांग्रेसले पाएको प्रमुखमा खगेन्द्रसिंह धामी खुला सदस्यमा करनसिंह कठायत र दानबहादुर विष्ट, महिला सदस्यमा यशोदा चन्द र दलित सदस्यमा हरु नेपालीलाई उम्मेदवार बनाएको छ ।

यस्तै माओवादी केन्द्रले उपप्रमुखमा दमन कुँवर, खुला सदस्यमा प्रेमसिंह भाट र महिला सदस्यमा निर्मला भट्टलाई उम्मेदवार बनाएको छ भने, स्वतन्त्र अध्यक्षको सहयोगमा हरना सार्की उम्मेदवार भएकी छन् ।

१० स्थानीय तह रहेको बैतडीमा कांग्रेससँग २ मेयर, दुई गाउँपालिका अध्यक्ष, ३ उपमेयर र २ उपाध्यक्ष गरी जिससका लागि ९ मतभार छ । माओवादी केन्द्रसँग एक मेयर र एक उपमेयर गरी २ मतभार छ भने, डिलासैनी गाउँपालिकाको अध्यक्षमा टिमसहित स्वतन्त्र लडेका सन्तोषप्रकाश जोशी जितेका छन् ।

यसरी कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र मिलेर जिससका लागि निर्णायक मतभार कायम गरेका छन् । उनीहरूको मतभार १२ पुगेको छ ।
विपक्षमा रहेको एमालेसँग ८ मतभार रहेको छ । जुन जितका लागि पर्याप्त हुनेछैन् ।

जिसस बैतडीका लागि आज मनोनयन दर्ता भएर जेठ २४ गते निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर