रानाको सचिवालयले भन्यो- निराधार समाचार बनाएर चरित्रहत्या गरियो – Nepal Press

रानाको सचिवालयले भन्यो- निराधार समाचार बनाएर चरित्रहत्या गरियो

कैलाली । नेकपा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारद मुनी रानाको चरित्र हत्या गरेको भन्दै उनको सचिवालयले आक्रोश व्यक्त गरेको छ ।

केही दिन अघि मात्र एक दैनिक पत्रिकामा‘एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तर्घाती’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । रानाको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त समाचार तथ्यहीन रहेको प्रस्ट पारेको हो ।

‘नेकपा (एमाले) पोलिट ब्युरो सदस्य, कैलाली जिल्ला इन्चार्ज, पूर्व मन्त्री, प्रतिनिधिसभा सदस्य माननीय नारद मुनी रानामाथि तथ्यहीन, झुटो, कपोकल्पित, मनगढन्ते, पूर्वाग्रही तरिकाले लगाइएको यो आरोप निहित स्वार्थ पूरा गर्ने कुदृष्टि र दूषित मानसिकताको उपज भएका कारण यो समाचार प्रति हाम्रो गम्भीर आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ ‘तथ्यहीन तरिकाले एक जना जिल्ला कमिटी सदस्यको हवाला दिँदै सम्प्रेषित यो समाचारलाई प्रमाणसहित प्रकाशन गर्न चुनौती समेत दिन चाहन्छौँ ।’

समाचारमा धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार रणबहादुर चन्दलाई हराउन स्वतन्त्र उम्मेदवारसँग सम्झौता गरेको , गोदावरी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टलाई अन्तर्घातबाट हराउन कार्यकर्ता परिचालन गरेको आरोप लगाइएको थियो ।

शनिबार सचिवालयले जारी गरेका विज्ञप्तिमा त्यसमा कुनै सत्यता नभएको प्रस्ट पारिएको हो । ‘माननीयज्यूको राजनीतिक र सामाजिक छविलाई धमिल्याउन चरित्र हत्या गर्ने, बदनाम गर्ने र कार्यकर्ता भड्काउने कुचेष्टाका गरिएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित व्यक्तिलाई यस विषयमा प्रस्ट पार्ने मौका समेत नदिनले पत्रकारिताको मर्म बाहिर गएर चरित्र हत्या गर्ने प्रयोजनका लागि समाचार लेखिएको प्रस्ट भएको आरोप लगाइएको छ ।

‘पत्रकारिताको सामान्य धर्मलाई पनि धज्जी उडाउँदै लेखिएको यो समाचार घोर आपत्तिजनक, निन्दनीय, आश्चर्यजनक र हास्यास्पद छ’ विज्ञप्तिमा भनिएको छ ‘यस्तो तथ्यहीन समाचार सम्प्रेषण गर्नु गराउनु पछाडिको रहस्य के हो रु कुनै व्यक्तिगत कुण्ठा साधिएको त छैन रु सत्य लुक्दैन, यथार्थ एक दिन पर्दाफास हुने नै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर