कांग्रेसले डोटी जिसस प्रमुखमा सिंह र उपप्रमुखमा चुनारालाई अघि सार्‍यो – Nepal Press

कांग्रेसले डोटी जिसस प्रमुखमा सिंह र उपप्रमुखमा चुनारालाई अघि सार्‍यो

काठमाडौं । नेपाली कांग्रेस डोटीले जिल्ला समन्वय समितिको प्रमुखमा लक्ष्मणबहादुर सिंहलाई अगाडि सारेको छ ।

जिल्ला कार्यसमितिका पूर्व उपसभापति रहेका सिंहलाई उम्मेदवार बनाउने टुंगो आज लगाएको हो ।

यस्तै उपप्रमुखमा स्मृति चुनाराको नाम टुंग्याएको छ ।

९ स्थानीय तह रहेको डोटीमा कांग्रेसको एकल जिल्ला समन्वय समिति बन्दै छ ।

उसले जिल्लाका दुई नगरपालिकाका मेयर÷उपमेयर, ५ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र एक गाउँपालिकाका उपाध्यक्ष गरी जिल्ला सभाका १५ सदस्य जितेको छ ।

एक गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष एमालेले जित्दा एक गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर