चुनावी समीक्षापछि झलनाथले भने- गठबन्धनका अन्य दलहरूप्रति हामी बेहद असन्तुष्ट छौँ (भिडिओ) – Nepal Press

चुनावी समीक्षापछि झलनाथले भने- गठबन्धनका अन्य दलहरूप्रति हामी बेहद असन्तुष्ट छौँ (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धन र त्यसको परिणामबाट आफूहरू ‘बेहद असन्तुष्ट’ रहेको बताएका छन् ।

चुनावको समीक्षा गर्न शनिवार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता खनालले पाँच दलीय गठबन्धनमा नेकपा एसमाथि अन्य दलले धोखा दिएको टिप्पणी गरे ।

उनले भने- हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौँ । गठबन्धनको भूमिका पाँच दलका केही दलबाट भएन । यो कुरा हामीले पाँच दलीय बैठकमा पनि राखेका छौँ र अहिले समीक्षा गरिरहेका छौँ ।

खनालले अहिले प्रमुख वामपन्थी नेताहरू नै वाम गठबन्धनको पक्षमा नरहेकाले तत्काल आउने चुनावमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन हुने सम्भावना आफूले नदेखेको बताए ।


प्रतिक्रिया

One thought on “चुनावी समीक्षापछि झलनाथले भने- गठबन्धनका अन्य दलहरूप्रति हामी बेहद असन्तुष्ट छौँ (भिडिओ)

  1. गठबन्धन नगरेको भए बढीमा २ स्थानीय तह जित्ने थिए, गठबन्धनले गर्दा २० स्थानीय तह जित्नु ठूलो कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर