नेकपा एसको चुनावी समीक्षा- गठबन्धनप्रति हामी इमानदार भयौँ, अरूबाट विश्वासघात भयो (भिडिओ) – Nepal Press

नेकपा एसको चुनावी समीक्षा- गठबन्धनप्रति हामी इमानदार भयौँ, अरूबाट विश्वासघात भयो (भिडिओ)

देशभरको सूचना संकलन गर्न सातै प्रदेशमा शीर्ष नेता खटाइए

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको भन्दै यसलाई पाँच दलमा छलफलमा विषय बनाउने भएको छ ।

स्थानीय तह चुनावको समीक्षाका लागि शनिवार बसेको सचिवालय बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

गठबन्धनका अन्य दलबाट धोखा भएको अनुभव भएको भन्दै उनले देशभरी संगठन हुँदा पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिँदा विश्वासघात भएको बताए ।

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए ।

बैठकले प्रदेश १ मा जयन्ती राई,मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. बेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ ।

बैठक आइतबार पनि जारी रहने र समग्र चुनावी समीक्षा सचिवालयमा भएर त्यसको प्रतिवेदन अन्य कमिटीमा छलफलका लागि पेस गरिने तुलाधरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर