जनकपुरधाममा बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा – Nepal Press

जनकपुरधाममा बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाम । सार्वजनिक बिदाका दिन पनि चलाएको भन्दै मधेसको राजधानी जनकपुरधाममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

जनकपुरधाममा ठाउँ–ठाउँमा सरकारी गाडी नियन्त्रणमा लिन प्रहरी परिचालन भएका हुन् । सरकारी गाडी (सेतो नम्वर प्लेट) हेर्ने वित्तिकै प्रहरीले नियन्त्रणमा लिन्छन् र होल्ड गर्ने गरेका छन् ।

ट्राफिक प्रहरी प्रमुख तथा इन्सपेक्टर चन्द्रभुषण यादवले हिजो र आज गरी १४ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘विदाका दिन चल्ने सरकारी नम्वर प्लेडको गाडीलाई कारबाही गर्न जेठ ६ गते पत्र आयो । त्यसपछि कारबाही अभियान नै चलाएका छौं ।’

नियन्त्रणमा लिएको सरकारी गाडी कार्यालय खुलेको दिन सम्बन्धित कर्मचारी सम्पर्कमा आएपछि सम्झाई बुझाई जिम्मा लगाउने इन्सपेक्टर यादवको भनाई छ ।

देशमा आर्थिक संकट चुलिएपछि प्रशासनिक खर्च घटाउन सरकारले आइतवार पनि बिदा दिने निर्णय गर्यो । तर कर्मचारीहरु विदाका दिन पनि गाडीको दुरुपयोग गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर