मन्त्रीहरूलाई सुरूमै ६ महिनाका लागि हो भनेका थियौं : अध्यक्ष नेपाल – Nepal Press

मन्त्रीहरूलाई सुरूमै ६ महिनाका लागि हो भनेका थियौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् ।

नेकपा एसको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो । निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए ।

‘उहाँहरूलाई बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने ।

हटाइएका मन्त्रीहरूको असन्तुष्टीबारे भने नेपालले कुनै प्रतिक्रिया दिन चाहेनन् ।


प्रतिक्रिया

One thought on “मन्त्रीहरूलाई सुरूमै ६ महिनाका लागि हो भनेका थियौं : अध्यक्ष नेपाल

  1. देश माधव नेपालकाे सम्पत्ति हाे ६/६ महिनामा मन्त्री फेरेर सबैलाई कमाउने माैका दिने ? लुटतन्त्रकाे चर्काे नमूना । गटबन्धन बनेकै विदेशीकाे ईशारामा एमालेलाई पेल्न र देश लुटन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर