राजश्व वृद्धि हुने आधार देखिएन : महासचिव पोखरेल – Nepal Press

राजश्व वृद्धि हुने आधार देखिएन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरूको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरूको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर