इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस
नेपाल प्रेस
२०७९ जेठ २३ गते २०:५४
काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टिम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
सवारी साधनको नम्बर प्लेट देव नागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरूले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् ।
सो समूहले काठमाडौंको धोविखोला कोरिडोरमा मसाल जुलुस निकालेका हुन् ।
मसाल जुलुस प्रदर्शनका क्रममा उनीहरूले जनताको ढाड सेकेर माफिया पाल्दैनौ, भ्रष्टाचार गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर